मा. दल रावल, सामाजिक विकास मन्त्री


हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित दलबहादुर रावलको जन्म वि.स २०२८ साल असार २८ गते हुम्लाको सायाँ भन्ने ठाँउमा भएको हो । उहाँले समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ ।

वि.स २०४४ सालदेखि राजनीतिमा सक्रिय रावल यसअघि गैरसरकारी संस्थाको नेतृत्वदायी भुमिकामा हुनुहुन्थ्यो । अनेरास्ववियु हुँदै हुम्ला जिल्लाको पार्टी अध्यक्ष समेत हुनुभएका रावल हाल कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा हुनहुन्छ ।

प्रदेशसभा निर्वाचनमा दल रावलले प्राप्त गरेको मत : ७१५८
निकटतम प्रतिद्धन्द्धी ठान बहादुर रोकायाले प्राप्त गरेको मत : ४८११

error: Content is protected !!