मा. नन्दसिंह बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री


हिमाली जिल्लाको डोल्पाको प्रदेश निर्वाचन क्षेत्र ख बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित नन्दसिंह बुढाको जन्म वि.स २०३२ साल वैशाख १७ गते डोल्पा जिल्ला दुनैमा भएको हो । उहाँले प्रविणतापत्र तह सम्मको अध्ययन गर्नुभएको छ ।

वि.स २०६३ सालदेखि राजनीतिक दलमा आवद्ध हुनुभएका वुढा छोटो समयमा नै राजनीतिक सफलता हासिँल गरिरहनुभएको छ । तत्कालिन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उहाँ हाल कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रदेशसभा निर्वाचनमा नन्दसिंह बुढाले प्राप्त गरेको मत : ५४९०
निकटतम प्रतिद्धन्द्धी वेगमसिंह ठकुरीले प्राप्त गरेको मत : १२१३

error: Content is protected !!