मा. नरेश भण्डारी, आन्तरिक मामिला तथा कानुन मन्त्री


जुम्ला प्रदेश निर्वाचन क्षेत्र क बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित नरेश भण्डारीको जन्म वि.स २०३५ असार १ गते जुम्ला जिल्लाको देवालगाउँ ८ कुम्डीमा भएको हो । उहाँले राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

वि.स २०५१ सालबाट तत्कालिन माओवादी केन्द्रमा आवद्ध भइ राजनीति शुरु गर्नुभएका भण्डारी यसभन्दा अगाडी केन्द्रिय सांसद हुनुहुन्थ्यो । उहाँले चाँदिको घेरा नामक चर्चित पुस्तक लेख्नुभएको छ । भण्डारी हाल कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रदेशसभा निर्वाचनमा नरेश भण्डारीले प्राप्त गरेको मत : १२५७४
निकटतम प्रतिद्धन्द्धी राजुसिंह कठायतले प्राप्त गरेको मत : ८५३७

error: Content is protected !!