मा. महेन्द्रबहादुर शाही / मुख्यमन्त्री


कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नं ख बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाहीको जन्म वि.स २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको नानिकोट गाविस वडा नं ८ मा भएको हो । उहाँले एसएलसी सम्मको अध्ययन गर्नुभएको छ ।

वि.स २०४८ सालमा नेकपा मसालमा आवद्ध भएसँगै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका शाहीले माओवादी जनयुद्धको वेला विभिन्न स्थानमा नेतृत्वदायी भुमिका खेल्नुभएको थियो । यसभन्दा अगाडी उहाँ २०७० सालको निर्वाचनमा कालिकोट जिल्लाबाट प्रतिनिधीसभा सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७४ फागुन ३ गतेदेखि कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रदेशसभा निर्वाचनमा महेन्द्रबहादुर शाहीले प्राप्त गरेको मत : १२१५३
निकटतम प्रतिद्धन्द्धी कालीबहादुर सहकारीले प्राप्त गरेको मत : ९३४२

error: Content is protected !!