कर्णाली प्रदेशसभाका सात अधिवेशन : १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक


सुर्खेत ।

कर्णाली प्रदेशसभाको ३ वर्षमा हालसम्म सातवटा अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।जसमा हालसम्म एक सय ४९ वटा बैठकहरु सम्पन्न भए । पहिलो अधिवेशनमा २२, देस्रो अधिवेशनमा ४२ वटा, तेस्रो अधिवेशनमा १३, चौंथो अधिवेशनमा ३३, पाँचौं अधिवेशनमा ७ वटा, छैटौं अधिवेशनमा २९ र सातौं अधिवेशनमा ५ वटा प्रदेशसभा बैठकहरु गरी जम्मा एक सय ४९ वटा बैठक सम्पन्न भएका छन् ।

फाइल तस्विर

ती बैठकहरुमा प्रदेशसभाका सभामुख राजबहादुर शाही प्रत्येक बैठकमा उपस्थित हुनुभएको छ । शाही प्रदेशसभाको सभामुख भएको हुनाले उहाँको उपस्थिति शत प्रतिशत हुनु स्वाभाविक पनि हो । तर प्रदेशसभा सदस्यहरूमध्ये दैलेखकी मीनासिं रखाल सबैभन्दा बढी पटक संसद्को बैठकमा उपस्थित हुनुभएको छ । कुल एक सय ४९ बैठकमध्ये एक सय ४६ बैठकमा उपस्थित हुनुभएकी रखालको उपस्थिति दर ९८ प्रतिशत हो । रखाल समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा चुनिनु भएको हो । उहाँ हालसम्मका बैठकमध्ये जम्मा तीन वटा बैठकमा मात्र अनुपस्थित रहनुभएको छ  ।

मिनासि रखाल

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट नै निर्वाचित सुर्खेतकी सांसद पद्मा खड्का एक सय ४५ वटा बैठकमा उपस्थित हुनुभएको छ । प्रतिशतमा तुलना गर्दा उहाँ ९७ प्रतिशत संसद् बैठकमा उपस्थित हुनुभएको छ । सांसद राजु नेपाली र अमृता शाही समान एक सय ४४ वटा प्रदेशसभा बैठकमा उपस्थित भएका छन् । अर्थात् उहाँहरू ९७ प्रतिशत प्रदेशसभा बैठकमा उपस्थित हुनुभएको छ ।

महेन्द्रवहादुर शाही

सबैभन्दा कम पटक प्रदेश सरकारको नेतृत्व गरिरहनुभएका मुख्यमन्त्री महेनद्रबहादुर शाही उपस्थित् हुनुभएको छ । उहाँ जम्मा ५४ वटा बैठकमा सहभागी हुनुभएको छ । प्रतिशतमा तुलना गर्दा उहाँ जम्मा ३६ प्रतिशत प्रदेशसभा बैठकमा सहभागी हुनुभएको छ ।

 

क्र.सं.नाम थरपदजम्मा उपस्थितिउपस्थिति प्रतिशत
जम्मा बैठक संख्या१४९
राज बहादुर शाहीसभामुख१४९१००%
मिनासिंह रखालसांसद१४६९८%
पद्मा खड्कासांसद१४५९७%
राजु नेपालीसांसद१४४९७%
अमृता शाहीसांसद१४४९७%
पुष्पा घर्ति विष्टउपसभामुख१४१९४%
गणेशप्रसाद सिंहसांसद१४१९४%
झोवा वि.क.सांसद१४०९३%
देवी वलीसांसद१३८९२%
१०गुलावजंग शाहसांसद१३७९१%
११शुसिलकुमार थापासांसद१३६९१%
१२शाेसिला शाहीसांसद१३६९१%
१३पदमबहादुर रोकायसांसद१३५९०%
१४रातो कामीसांसद१३४९०%
१५विन्दमान विष्टसांसद१३३८९%
१६चन्द्रबहादुर शाहीसांसद१३३८९%
१७अम्बरबहादुर थापापुर्व सांसद एवं मन्त्री१३१८७%
१८विरबहादुर शाहीसांसद१३१८७%
१९कौशिलावती खत्रीसांसद१२९८६%
२०ठम्मरबहादुर विष्टसांसद१२८८६%
२१यज्ञबहादुर बीसीसांसद१२८८६%
२२दानसिं परियारसांसद१२७८५%
२३कुर्मराज शाहीपुर्व सांसद एवं मन्त्री१२७८५%
२४करबिर शाहीसांसद१२५८४%
२५दिनबन्धु श्रेष्ठसांसद१२५८४%
२६हिमबहादुर शाहीसांसद१२४८३%
२७कृष्णा शाहसांसद१२३८२%
२८सिताकुमारी नेपालीमन्त्री१२३८२%
२९प्रकाश ज्वालापुर्व सांसद११९७९%
३०जीवनबहादुर शाहीसांसद११८७९%
३१धर्मराज रेग्मीपुर्व सांसद११७७८%
३२बद्मी क्वारी बोहोरासांसद११६७८%
३३यामलाल कंडेलसांसद११३७५%
३४दल रावलपुर्वमन्त्री एवं सांसद११२७५%
३५गोपाल शर्मामन्त्री११०७४%
३६खड्गबहादुर खत्रीपुर्वमन्त्री एवं सांसद११०७४%
३७नरेश भण्डारीपुर्वमन्त्री एवं सांसद१०७७२%
३८विमला केसीपुर्वमन्त्री एवं सांसद१०६७१%
३९नन्दसिं बुढापुर्व सांसद एवं मन्त्री१०२६८%
४०महेन्द्रबहादुर शाहीमुख्यमन्त्री५४३६%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!