कर्णाली प्रदेशसभाको पहिलो १ वर्षमा कुन सांसद कति दिन हाजिर ? (हेर्नुहाेस विस्तृतमा )


मुख्यमन्त्री सबैभन्दा कम, शोशीला शाही प्रत्येक वैठकमा

गत १ वर्षको बीचमा भएका २ अधिवेशनमा ६३ पटक बैठक बसेको थियो । ६३ पटक बैठक बसे पनि प्रदेशसभा सदस्यहरूको बैठकमा उपस्थिति न्यून देखिन्छ । प्रदेशसभाको बैठकमा सबैभन्दा कम उपस्थित हुनेमा मन्त्रीहरू सबैभन्दा अगाडि छन् । जिल्ला दौडाहादेखि उद्घाटन, शील्यान्यासमा जहाँ जान पनि फर्सुद मिलाउन सक्ने मन्त्रीहरू प्रदेशकाे सर्वोच्च निकाय संसदमा भने निकै कम गएका छन् ।

संसद सचिवालयमा उपलब्ध प्रदेशसभा सदस्यको हाजिरी हेर्दा ६३ पटक बैठक वसेकोमा सबैभन्दा कम जम्मा २७ पटक मात्र संसदमा उपस्थित भएका छन्, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

संसदको वर्षे अधिवेशनमा त झनै ४१ बठै कभएकाेमा शाहीले जम्मा ११ दिनमात्र हाजिर गरेका छन् ।उनलाई पछ्याउनेमा छन् ,उनकै मन्त्रीमण्डलका अन्य सदस्यहरू । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ३९ बैठकमा सहभागी भएका छन् भने सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा समान ४३ बैठकमा सहभागी छन् ।

प्रदेशसभाकाे  प्रत्येक बैठकमा सहभागी भएकी सांसद हनु्, रापप्रा नेपालकी शोशीला शाही । २ अधिवेशनमा ६३ पटक बैठक बसेको उनी हरेक बैठकमा उपस्थित भएकि छन् । त्यसगै री अमतृा शाही ६२ पटक, उपसभामुख पुष्पा घर्ती, मिनासिं रखाल र शुशीलकमुार थापा ६१ बैठकमा तथा पद्मा खड्का ६० वटा बैठकमा उपस्थित भएकी छन् ।

हेर्नुहाेस विस्तृतमा 

राजबहादुर शाही (सभामुख)  : ६३
शोशीला शाही  :६३
अमृता शाही :६२
पुश्पा घर्ती विष्ट (उप–सभामुख)  :६१
मिनासिं रखाल  :६१
सुशीलकुमार थापा : ६१
पद्मा खड्का  :६०
देवी वली  :६०
अम्मरबहादुर थापा :५९
कुर्मराज शाही :५९
राजु नेपाली :५९
कौशीलावती खत्री :५८
विन्दमान विष्ट :५७
हिमबहादुर शाही :५७
चन्द्रबहादुर शाही :५७
रातो कामी :५७
गणेशप्रसाद सिंह :५७
कृष्णा शाह :५६
झोवा वि.क. :५६
यज्ञबहादुर बिसी :५५
गुलावजंग शाह :५४
दानसिं परियार :५४
पदमबहादुर रोकाय :५३
ठम्मर विष्ट :५२
करविर शाही :५२
दिनवन्धु श्रेष्ठ :५१
प्रकाश ज्वाला (मन्त्री ) :५०
सीताकुमारी नेपाली :४९
खड्कबहादुर खत्री (मन्त्री ) :४९
वीरवहादुर शाही :४८
धर्मराज रेग्मी :४८
यामलाल कँडेल :४६
बद्मी क्वारी बोहोरा :४४
जीवनबहादुर शाही :४३
नन्दसिंह बुढा (मन्त्री) :४३
दल रावल (मन्त्री) :४३
गोपाल शर्मा :४०
नरेश भण्डारी (मन्त्री) :३९

विमला केसी (मन्त्री) :३९
महेन्दब्रहादुर शाही (मुख्यमन्त्री) : २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!