कर्णाली प्रदेशसभाकाे ६३ वैठकमा को को कतिपटक वोले ? सवैभन्दा धेरै पटक वाेल्ने विन्दमान विष्ट


सबैभन्दा बढी पटक बोल्ने सुर्खेतका विन्दमान विष्ट

२ अधिवेशन गरी ६३ पटक बसेको बैठकमा ४० पटक कोही न कोही प्रदेशसभा सदस्यले प्रदेश सभामा वोले । प्रदेशसभा सचिवालयले उपलब्ध गराएको सूचना हेर्दा प्रदेशसभाको बैठकमा सवैभन्दा धेरै पटक सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित विन्दमान विष्ट बोलेका छन् । ६३ बैठक मध्ये ५७ बैठकमा हाजिर भएका उनी १८ पटक वोलेका छन् ।

त्यसैगरी हिमबहादुर शाही १७ पटक वोलेका छन् भने पदमबहादुर रोकाय, गुलावजंग शाह, पद्मा खड्का, अम्मरबहादुर थापा समान १६ पटक बोलेका छन् । प्रदेशसभामा पहिलो र दोस्रो वैठकमा मात्र हाल मन्त्रीमण्डलमा रहेका सात मन्त्रीमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रकाश ज्वालाले बोलेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका नेपाली कांग्रेसका जीवनबहादुर शाहीले १४ पटक बोलेका छन् भने सत्ताधारी पार्टीका वरिष्ठ नेता यामलाल कँडेलले जम्मा आठ पटक प्रदेशसभामा बोलेका छन् ।

सभामुख, उप–सभामुख र सात जना मन्त्रीबाहेक अन्य ३३ जना प्रदेशसभा सदस्यले प्रदेशसभामा एक न एक पटक बोलेका छन् ।

कसले कतिपटक बोले, हेर्नुहोस्

विन्दमान विष्ट : १८ पटक
हिमवहादुर शाही : १७ पटक
गुलावजंग शाह : १६ पटक
पदमवहादुर रोकाय : १६ पटक
पद्मा खड्का : १६ पटक
अम्मरवहादुर थापा : १६ पटक
सिताकुमारी नेपाली : १५ पटक
धर्मराज रेग्मी : १५ पटक
जीवनबहादुर शाही : १४ पटक
कौशीलावती खत्री : १४ पटक
कुर्मराज शाही : १४ पटक
चन्द्रबहादुर शाही : १४ पटक
रातो कामी : १३ पटक
गणेशप्रसाद सिंह : १३ पटक
कृष्णा शाह : १२ पटक
मीनासिं रखाल : १२ पटक
शोशीला शाही : ११ पटक
दानसिं परियार : ११ पटक
ठम्मर विष्ट : ११ पटक
देवी वली : ११ पटक
करविर शाही : ११ पटक
गोपाल शर्मा : ८ पटक
यामलाल कँडेल : ८ पटक
दिनवन्धु श्रेष्ठ : ८ पटक
अमृता शाही : ८ पटक
यज्ञबहादुर बिसी : ८ पटक
शुशीलकुमार थापा : ७ पटक
राजु नेपाली : ७ पटक
बद्मी क्वारी बोहोरा : ५ पटक
वीरवहादुर शाही : ४ पटक
झोवा लामा वि.क : ४ पटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!