कर्णाली प्रदेशसभाकाे  ११० वैठक : मिनासिंह रखाल १०७ वैठकमा,  मुख्यमन्त्री जम्मा ३४ वैठकमा  


कर्णाली प्रदेशसभाकाे हालसम्म ११० वटा वैठक वसे । चार वटा अधिवेशनहरु सम्पन्न भए । प्रदेशसभा रहेर कानुन वनाउने जिम्मेवारिका साथ प्रदेशसभा सदस्यकाे रुपमा निर्वाचित सदस्यहरुकाे प्रदेशसभा वैठकमा उपस्थीति भने एकदमै न्युन छ । मुख्यमन्त्री र मन्त्रीहरु त झनै न्युनरुपमा प्रदेशसभा वैठकमा उपस्थित छन् ।

प्रदेशसभा सचिवालयले उपलब्ध गराएकाे सुचनाअनुसार सभामुख राजवहादुर शाही प्रत्येक वैठकमा उपस्थित छन् । सभामुखकाे हैसियतमा रहेका हुनाले उनकाे याे उपस्थिति स्वभाविकै हाे । त्यसका अतिरित्त प्रदेशसभा सदस्य मीनासिंह रखाल ११० वैठक मध्ये १०७ वैठकमा उपस्थित छिन् भने अमृता शाही १०६ पद्मा खड्का १०५ देवी वली १०४  वैठकमा उपस्थित छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही जम्मा ३४ वैठकमा उपस्थीत भएका छन् । पछिल्लाे २ अधिवेशनमा त मुख्यमन्त्री जम्मा ७ वैठकमा उपस्थित छन् । प्रदेशमन्त्री नन्दसिँह बुढा र नरेश भण्डारी समान ७१ वैठकमा उपस्थित छन् ।

 

हेर्नुहाेस विस्तृतमा ..

राजबहादुर शाही : ११०

मिनासिंह रखाल : १०७

अमृता शाही : १०६

पद्मा खड्का : १०५

देवी वली : १०४

गणेशप्रसाद सिंह : १०३

झोवा लामा वि.क : १०३

अम्मरवहादुर थापा : १०१

शुशीलकुमार थापा : १०१

रातो कामी : १०३

राजु नेपाली : १०१

शोशीला शाही : ९९

गुलावजंग शाह : ९८

विन्दमान विष्ट : ९८

कुर्मराज शाही : ९६

पदमवहादुर रोकाय : ९५

चन्द्रबहादुर शाही : ९४

दिनवन्धु श्रेष्ठ : ९३

ठम्मर विष्ट : ९३

करविर शाही : ९१

यज्ञबहादुर बिसी : ९१

पुष्पा घर्ति : ९०

कौशीलावती खत्री : ८९

वीरवहादुर शाही : ८८

हिमवहादुर शाही : ८८

कृष्णा शाह : ८७

सिताकुमारी नेपाली : ८६

जीवनबहादुर शाही : ८५

प्रकाश ज्वाला (मन्त्री) : ८४

दानसिं परियार : ८२

धर्मराज रेग्मी : ८२

बद्मी क्वारी बोहोरा : ८२

दल रावल (मन्त्री): ८१

गोपाल शर्मा : ७९

यामलाल कँडेल : ७६

खड्गबहादुर खत्री (पुर्व मन्त्री) :  ७४

विमला केसी (मन्त्री) : ७४

नन्दसिं बुढा (मन्त्री) : ७१

नरेश भण्डारी (मन्त्री ) : ७१

महेन्द्र बहादुर शाही (मुख्यमन्त्री) : ३४

(यो विवरण कर्णाली प्रदेशमा जवाफदेहिताको खोजी गरिरहेको युवाहरुको साझा मन्च तन्नेरी चासो सुर्खेतले सुचनाको हक सम्बन्धी ऐन, २०६४ को प्रयोग गरेर प्राप्त गरेको हाे । विवरणसँग सम्बन्धी सम्पुर्ण कागजात तन्नेरी चासो सुर्खेतसँग सुरक्षित छन् ।)

One Comment

  • राम ब चन्द

    माननीय मुख्यमन्त्री ज्यु उपस्थित त हुनु भयो होला तर उहाको खराब बनि के छ भने उहाले उपस्थित भएको दिन मा पनि हाजिर गर्नुहुन्न त्यशैले उहाको उपस्थिति कम देखिएको हो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!